Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कञ्चनपुरमा आफ्नै पालिकामा कार्यरत ११ प्रहरी जिल्ला तानिए

कञ्चनपुरमा आफ्नै पालिकामा कार्यरत ११ प्रहरी जिल्ला तानिए

बुधवार , श्रावण ६, २०८३

कञ्चनपुर। कञ्चनपुरको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरीलाई जिल्ला झिकाइएको छ ।

दोधाराचाँदनी नगरपालिका नै घर भएर लामो समयदेखि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामदत्त जोशीसहितका प्रहरीलाई जिल्ला झिकाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोही ठाउँ घर भएका ११ प्रहरीलाई जिल्ला बोलाएर उनीहरुको ठाउँमा अन्य प्रहरी कर्मचारी पठाइएको छ । 

दोधाराचाँदनी नगरपालिकामै घर भएका स्थानीयलाई राख्दा कार्य सम्पादन प्रभावकारी नहुने भएकाले उनीहरुलाई हेरफेर गरिएको बताइएको छ ।

असई बाहेक हेरफेरमा पर्नेमा जवान र हवलदार रहेका छन् । दोधाराचाँदनी नगरपालिकामा प्रहरीले केही दिनअघि भारतबाट चोरी गरि ल्याइएका सुनचाँदीका गरगहना बरामद गरेको थियो ।

गरगहना बरामद गरेको विषय समेत विवादमा परेको थियो । विस्तारै अन्य प्रहरी कार्यालयमा समेत उक्त नीति लागू गरिन कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077