Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दाङको जंगलमा ११ नाल भरुवा बन्दुक बरामद

दाङको जंगलमा ११ नाल भरुवा बन्दुक बरामद

बुधवार , श्रावण ६, २०८३

दाङ । दाङको बङ्गलाचुली गाउँपालिका–८ पिपली जंगलबाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोरलभिरस्थित झाडीमा लुकाइराखिएको अवस्थामा उक्त बन्दुकहरू फेला परेका हुन्।

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे खोजतलासका क्रममा एक नाल बेचालु र १० नाल चालु (लोड नगरिएका) भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

बरामद गरिएका बन्दुक कसले, कहिले र किन त्यहाँ लुकाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077