Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कलाकार खतिवडासहित तीनजना पक्राउ, चिनियाँ नागरिकलाई ठगेको आरोप

कलाकार खतिवडासहित तीनजना पक्राउ, चिनियाँ नागरिकलाई ठगेको आरोप

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हास्य कलाकार नारद खतिवडा, गोपालकुमार गुरूङ र विक्रमबहादुर थापा रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । प्रहरीका अनुसार विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेका हुन् । 

उनीहरूले ९ लाख रूपैयाँ ठगेको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077