Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पतिको किर्ते हस्ताक्षर गरी ५० लाख ठगी, दुई जना पक्राउ

पतिको किर्ते हस्ताक्षर गरी ५० लाख ठगी, दुई जना पक्राउ

आइतवार , बैशाख २७, २०८३

पोखरा । पतिको हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा   पीडितकी पत्निसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पोखराको ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी पत्नी ४४ वर्षीया वन्ती शाही र सुर्खेतको बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा छन् । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले मोहनबहादुरको नाममा रहेको पोखरा महानगरपालिका-३० को कित्ता नम्बर २४४४ र २४४७ नम्बरको जग्गा सिद्धार्थ बैंकमा राखी ५० लाख रुपैयाँ कर्जा लिएर ठगी गरेको पाइएको छ । 

बैंकमा जग्गा राख्न क्रममा उनीहरूले मोहनबहादुरको किर्ते हस्ताक्षर लिएका थिए ।

कास्की प्रहरीका अनुसार पक्राउ परेकाहरुविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ  ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077