'श्रम अदालतको अध्यक्षमा दिपेन्द्र अधिकारी'
काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष)मा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि न्याय परिषद्को बैठकले आचार्यको नाम विशेष अदालतको अध्यक्षका लागि सरकारसमक्ष सिफारिस गरेको थियो।
यसैगरी श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।