Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानसँगको युद्धमा अमेरिकाले गर्‍यो ३७.५ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाले गर्‍यो ३७.५ अर्ब डलर खर्च

बुधवार , श्रावण ६, २०८३

एजेन्सी । इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति) मा बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युद्धमा ३७.५ अर्ब अमेरिकी डलर खर्च भएको बताएका हुन् ।

उनले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने बताए ।

उनले रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब डलर बजेट माग गरेका छन् । त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य परिचालनका लागि खर्च गर्ने योजना रहेको जनाइएको छ।

सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले बैठकमा पटक–पटक अवरोध गर्दै 'इरान र प्यालेस्टाइनमा हाम्रा बालबालिकामाथि बमबारी बन्द गर' भन्दै नाराबाजी गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077