Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जोर्डनको अक्काबा विमानस्थलमा इरानको मिसाइल प्रहार

जोर्डनको अक्काबा विमानस्थलमा इरानको मिसाइल प्रहार

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । मध्यपूर्वमा इरान–अमेरिका तनाव थप चर्किएको दाबीबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी सैन्य संरचना र होर्मुज जलमार्गलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । 

आईआरजीसीले जोर्डनको अक्काबा विमानस्थलमा रहेका अमेरिकी सी–१७ मालवाहक विमान र ए–८ निगरानी विमानलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीमार्फत जारी विज्ञप्तिमा मुवाफ्फाक साल्ती वायुसेना अखडाभित्र अमेरिकी सेनाले प्रयोग गर्दै आएका २० वटा विमान ह्यांगर ध्वस्त पारिएको दाबी गरिएको छ।

अलजजिराका अनुसार इरानले उक्त आक्रमणबाट अमेरिकी सैन्य विमानहरूमा गम्भीर क्षति पुगेको दाबी गरे पनि जोर्डन र अमेरिकाले त्यसको कुनै आधिकारिक पुष्टि गरेका छैनन्।

यसैबीच, पश्चिमी इरानको केर्मानशाह प्रान्तस्थित एस्लामाबाद–ए घर्ब क्षेत्रमा अर्को अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालिएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ।

समाचारअनुसार आईआरजीसीको एरोस्पेस फोर्सद्वारा सञ्चालित अत्याधुनिक वायु रक्षा प्रणालीले ड्रोनलाई बीचैमा रोकेर नष्ट गरेको दाबी गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने मिसाइल आक्रमण र ड्रोन खसालिएको दुवै घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077