Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

इरानमाथि अमेरिकाको लगातार छैटौँ रात आक्रमण

इरानमाथि अमेरिकाको लगातार छैटौँ रात आक्रमण

शुक्रवार , श्रावण १, २०८३

एजेन्सी । अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिँदै गएको छ। अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानका विभिन्न रणनीतिक क्षेत्रमा हवाई तथा मिसाइल आक्रमण गरेको जनाएको छ।

विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मूज जलडमरुमध्य वरपरको गतिविधिले मध्यपूर्वमा सुरक्षा चिन्ता झन् बढाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो सैन्य कारबाहीको उद्देश्य इरानको सैन्य क्षमतालाई थप कमजोर बनाउनु रहेको छ। सेन्टकमले हर्मूज जलडमरुमध्यमा सञ्चालन गरिएको नाकाबन्दी अभियानका क्रममा एउटा जहाजलाई आफ्नो नियन्त्रणमा लिइएको पनि जनाएको छ।

उता, इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी मिसाइलहरू हर्मूज जलडमरुमध्य नजिकै रहेको केसाम टापु आसपास खसेका छन्। साथै, आणविक पूर्वाधारसँग सम्बन्धित बन्दर अब्बास र बुसेहर क्षेत्रमा पनि क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएको छ।

इरानी सञ्चारमाध्यमले हर्मोजगान प्रान्तका दुईवटा पुलमा समेत आक्रमण भएको जनाएका छन्। बेलायती सञ्चार संस्था बीबीसीले बन्दर अब्बासको पश्चिमतर्फ रहेको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए त्यहाँका पुल, विद्युत् गृह तथा अन्य रणनीतिक पूर्वाधारमाथि थप आक्रमण गरिने चेतावनी दिएका थिए। त्यसको केही समयपछि अमेरिकी सैन्य कारबाही थप तीव्र बनेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077