Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

हर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा

हर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा

आइतवार , आषाढ २८, २०८३

एजेन्सी । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुज स्ट्रेट अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गर्दै कुनै पनि हस्तक्षेप भए त्यसको ‘कडा जवाफ’ दिइने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का नौसैनिक अधिकारीका अनुसार समुद्री सुरक्षामा खतरा उत्पन्न गर्ने एउटा जहाजमाथि कारबाही गरी रोकिएको छ।

उनका अनुसार उक्त जहाजले आफ्नो पहिचान प्रणाली बन्द गरेर जलमार्गमा प्रवेश गरेको थियो। यद्यपि जहाजको परिचय सार्वजनिक गरिएको छैन।

आईआरजीसीले विज्ञप्तिमार्फत धेरै जहाजले अनधिकृत मार्ग प्रयोग गरी हर्मुज प्रवेश गर्न खोजेको र पटक–पटक चेतावनी दिँदा बेवास्ता गरेको आरोप लगाएको छ।

रोयटर्सका अनुसार आईआरजीसीले ‘यस क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द रहने’ जनाएको छ।

हर्मुज स्ट्रेट विश्वको सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। इरानको पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा गम्भीर असर पर्ने आकलन गरिएको छ।

यसैबीच, केही समयअघि भएको युद्धविराम र शान्ति सम्झौतापछि पनि अमेरिका र इरानबीच तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता भंग भएको दाबी गर्दै इरानको अनुरोधमा वार्ता भने जारी रहेको बताएका छन्।

उता इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीले शनिबार जारी गरेको लिखित सन्देशमा आफ्ना बुबाको हत्याको बदला जुनसुकै अवस्थामा पनि लिइने चेतावनी दिएका छन्।

उनले युद्धको पहिलो दिन इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा अली खामेनी मारिएको उल्लेख गर्दै त्यसको प्रतिशोध अपरिहार्य रहेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077