Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

रसुवागढीमा ल्हेन्दे नदीमा लेदोसहितको बाढी, सवारी साधन सुरक्षित स्थानमा सारियो

रसुवागढीमा ल्हेन्दे नदीमा लेदोसहितको बाढी, सवारी साधन सुरक्षित स्थानमा सारियो

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । चीनसँग जोडिएको रसुवागढी नाकास्थित ल्हेन्दे नदीमा अविरल वर्षापछि लेदोसहितको बाढी आएको छ । बाढीका कारण सीमावर्ती क्षेत्र र नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आइतबार बेलुका करिब ७ः४५ बजेदेखि नदीको बहाव अस्वाभाविक रूपमा बढ्न थालेपछि सुरक्षा निकाय र सम्बन्धित निकाय सतर्क बनेका छन्।

बाढीको जोखिम बढेसँगै टिमुरेस्थित भोटेकोशी नदी नजिक रहेको भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू तत्काल सुरक्षित स्थानमा सारिएको छ।

सम्बन्धित निकायले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढीको अवस्था र सम्भावित क्षतिको निरन्तर निगरानी भइरहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077