Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

नियन्त्रणपछि घरमै पत्रकार सम्मेलन, दुर्गा प्रसाईंले भने–सरकार दसैँसम्म टिक्दैन

नियन्त्रणपछि घरमै पत्रकार सम्मेलन, दुर्गा प्रसाईंले भने–सरकार दसैँसम्म टिक्दैन

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकार दसैँसम्म नटिक्ने दाबी गरेका छन्। 

झापाबाट काठमाडौं आइपुगेपछि विमानस्थलमा निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिई घरमा छाडेका प्रसाईंले  निवासमै पत्रकार सम्मेलन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रसाईंले सरकार आफू आएको बाटोबाटै बाहिरिने दाबी गर्दै दसैँसम्म राजनीतिक अवस्था बदलिने टिप्पणी गरे। 

'दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ,' दुर्गा प्रसाईंले भने ।

उनले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई बोल्न नदिने प्रयास भइरहेको आरोप पनि लगाए।

प्रसाईँले थप भने- 'दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ ।'

उनले आफूलाई अनावश्यक रूपमा धरपकड र फसाउने प्रयास भइरहेको दाबी गर्दै गणेश नेपालीको आत्मदाह तथा सुकुमवासीको विषयमा आफूलाई जोड्ने प्रयास गरिएको आरोप लगाए।

प्रसाईंले वर्तमान शासनप्रणालीले अभिव्यक्ति स्वतन्त्रता संकुचित गरेको दाबी गर्दै सरकारमाथि विभिन्न राजनीतिक आरोपसमेत लगाए। साथै, आफ्नो अभियानलाई निरन्तर अघि बढाउने बताएका छन्।

आक्रात्मक अभिव्यक्ति दिने गतिविधि गर्दै आएका प्रसाईंले सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला दिने  अभिव्यक्तिले झनै माहोल भड्काउने डरले उनलाई आज केही समय नियन्त्रणमा लिएर घरसम्म पुर्‍याइएको थियो ।

प्रसाईं झापाबाट काठमाडौं आउने क्रममा विमानस्थलमा उनका अभिव्यक्ति लिन पुगेका युट्युबर तथा सञ्चारकर्मीलाई पनि प्रहरीले विमानस्थलको बाहिरी गेटमै रोकेको थियो।

तर, घर पुग्ना साथ प्रसाईंले आफूलाई भँडुवा भन्दै सरकारले फसाउन लागिरहेको र त्यो सफल हुन नदिने बताएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077