Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुकुम्वासी लखेटेको सरकारले अब व्यवसायी र निजी क्षेत्रलाई लखेट्छ: दुर्गा प्रसाईँ

सुकुम्वासी लखेटेको सरकारले अब व्यवसायी र निजी क्षेत्रलाई लखेट्छ: दुर्गा प्रसाईँ

शनिवार , जेठ १६, २०८३

काठमाडौं । मेडिकल व्यावसाही दुर्गा प्रसाईँले वर्तमान सरकार गरिबमुखी नभएको भन्दै आपत्ति जनाएका छन्।

शनिबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै प्रसाईँले बालेन नेतृत्वको सरकारले सुकुम्वासी बस्ती हटाउने, सडक किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले भने- 'मैले चुनावमा भोट नहाल्नु भन्दा सुकुम्वासीहरू बुरुक्क बुरुक्क उफ्रेर भोट हाल्नुभयो।’ अहिले काठमाडौंका खोला किनारमा बसोबास गर्दै आएका  सुकुम्वासीहरूको घरटहरा भत्काइएको छ।'

सरकारमा गइसकेपछि बालेनले सबैभन्दा पहिले सुकुम्वासी बस्ती हटाउछ भन्ने आफूलाई पहिल्यैदेखि थाहा भएकोले सुकुम्वासीलाई चुनावमा भोट नहाल्न आग्रह गरेको प्रसाईँले बताए ।

यस्तै उनले शिक्षा, स्वास्थ्य र रोजगारीमा ठुलो योगदान दिएको निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुको सट्टा दबाब दिइरहेको आरोप लगाएका छन्।

उनले भने- 'गरिबलाई विस्थापित गरेको वर्तमान सरकारले अब व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077