Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

रहेनन् कतारमा नेपालीलाई रोजगारको ढोका खोलिदिने पूर्व अमिर शेख हमाद

रहेनन् कतारमा नेपालीलाई रोजगारको ढोका खोलिदिने पूर्व अमिर शेख हमाद

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ । कतारको अमिरी दिवानले जनाए अनुसार उनको आज निधन भएको हो ।

आइतबार जारी गरिएको विज्ञप्तिमा अमिरी दिवानले भनेको छ, ‘ईश्वरको विधान र नियतिप्रति दृढ आस्थाका साथ अमिरी दिवान राष्ट्रका लागि ठूलो क्षति मानिने फादर अमिरु (पूर्व अमिर) महामहिम शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दछ, उहाँको आज बिहान निधन भएको हो र ईश्वरले उहाँप्रति कृपा गरून् ।’

उनको पालामा कतारमा नेपाली दूतावास स्थापना भएको थियो ।  

उनकै पालमा सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडीमा पहिलो राष्ट्र हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077