Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कतारको ग्यास प्लान्टमा कसले गरायो भीषण विष्फोट ?

कतारको ग्यास प्लान्टमा कसले गरायो भीषण विष्फोट ?

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। विष्फोटमा परी ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन्।

कतार प्रशासनलाई उदृध गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार रास लाफान इन्डस्ट्रियल सिटीमा अचानक विष्फोट भई ठूलो मात्रामा आगलागी भएको थियो। कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ।

कतारको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विष्फोटमा ५४ जना घाइते भएको र बेपत्ता रहेका १८ जनाको खोजी कार्य भइरहेको पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार उक्त विष्फोट ‘प्राविधिक गडबडी’ का कारण भएको हो। यसबाट सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने गरी कुनै पनि ग्यास चुहावट नभएको स्पष्ट पारिएको छ।

गृह मन्त्रालयले भनेको छ–‘कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुपले सिभिल डिफेन्स टोलीसँग मिलेर बेपत्ता भएका व्यक्तिहरूको खोजी गरिरहेको छ।’

कतारको आन्तरिक बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा विष्फोटका कारण के–कति क्षति पुग्यो भन्नेबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077