Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल, आजै अन्त्येष्टि गरिने

रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल, आजै अन्त्येष्टि गरिने

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ।

८० वर्षका उमेरमा उनको आइतबार बेलुकी निधन भएको हो। उनको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गरिएको थियो।

उनको आइतबार बेलुकी निधन भएको उनका छोरासमेत रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिए।

उनलाई कांग्रेसभित्र ‘सादगी’ नेताका रूपमा चिनिन्छ। केही वर्षदेखि उनी ‘दम’ बाट पीडित थिए।

राजेन्द्र २०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भएका थिए।

खरेलको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। सभापति गगन थापासहित पदाधिकारी तथा नेताहरूले खरेललाई पार्टी कार्यालयमा श्रद्धाञ्जली दिनेछन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार खरेलको अन्त्येष्टि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077