Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

झापामा सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु

झापामा सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु

सोमवार , आषाढ ८, २०८३

झापा। झापामा विषालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेकी छन् ।

आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । 

सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो।  उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077