Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सर्पले डसेका दिदीबहिनीको उपचारका क्रममा मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मंगलवार राति अन्दाजी १२ बजे सर्पले दिदीबहिनीलाई डसेको थियो । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुगाएको थियो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको थियो ।
दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा पनि सर्प दंशको लक्षण देखिएको थियो ।

त्यसपछि दिदीबहिनीलाई उपचारका लागि बुटवल लगिएको थियो । रीतिकाको बुधवार बिहान मृत्यु भएको थियो भने इशिकाको बुधवार साँझ ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077