Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वमन्त्री खरेलको पशुपतिमा दाहसंस्कार गरिने, पार्थिव शरीरमा कांग्रेस सभापतिले ओढाए झन्डा

पूर्वमन्त्री खरेलको पशुपतिमा दाहसंस्कार गरिने, पार्थिव शरीरमा कांग्रेस सभापतिले ओढाए झन्डा

सोमवार , आषाढ ८, २०८३

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

अहिल उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। 

पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।

उनी दम रोगबाट पीडित थिए। विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए।

विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए।

कांग्रेस राजनीतिमा उनी सादगी नेताका रुपमा परिचित थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077