Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गरिखान नदिएको भन्दै माइतीघरमा सरकारविरुद्ध दृष्टिविहीनको प्रदर्शन

गरिखान नदिएको भन्दै माइतीघरमा सरकारविरुद्ध दृष्टिविहीनको प्रदर्शन

सोमवार , आषाढ ८, २०८३

काठमाडौं। सडकपेटीमा आश्रित दृष्टिविहीनले जबर्जस्ती धरपक्कड गरेको भन्दैसरकारविरुद्ध प्रदर्शन थालेका छन् ।

सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै दृष्टिविहीनहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। 

सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायत क्षेत्रमा बसेर गरी खान समेत नदिने, उल्टै नगरप्रहरीले आएर धरपकड, जबरजस्ती गर्ने गरेपछि आफूहरू त्यसविरुद्ध धर्नासहितका आन्दोलन गर्न बाध्य हुनुपरेको प्रदर्शनरत दृष्टिविहीनहरुको भनाई छ ।

आफूहरुले धुपहरू बेचेर, वेट मेशिनहरू राखेर, सडक, चोक, मठमन्दिर पेटीमा गीत गाएर सहयोग उठाएर खाने काम गरिराखेको तर  बालेन सरकारले सडकमा समेत गरिखान नदिएको उनीहरुको गुनासो छ।

यसैगरी दृष्टिविहीनले आफूहरूलाई बाँच्नका निम्ति मासिक २० हजार रुपैयाँका दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनीहरूले सरकारले आफूहरूलाई बाँच्नका निम्ति वैकल्पिक व्यवस्था नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077