Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन

सोमवार , चैत्र २, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानिबन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको  जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी मुभमेन्ट अलायन्स, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले माइतीघरमा प्रदर्शन गरेका छन्।

सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै उनीहरूले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

हिजो पनि आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको थियो ।

यसअघि जेनजी अलायन्स फर मोनार्कीले जेनजी प्रर्दशनको घटना सम्बन्धी प्रतिवेदन सरकारको हातमा पुगिसकेको उल्लेख गर्दै अब कुनै बहाना नगरी नेपाली जनतासमक्ष सार्वजनिक गर्न सरकारलाई २४ घण्टेअल्टिमेटम दिएको थियो ।

भदौ २३ र २४ गते युवाहरू जेनजीले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप र झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।

फागुन २५ गते गौरीबहादुर कार्कीले  प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएकी थिइन । 

मूल करिब नौ सय पृष्ठको रहेको र अनुसूचीहरूसमेत गरेर गरेर १० हजार बढी पृष्ठ रहेको उक्त प्रतिवेदनमा २ सय बढीको बयान छ ।

उक्त प्रतिवेदनमा तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थमाथि कारबाही समेत सिफारिस भएको बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077