Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

माइतीघर मण्डलमा प्रधानमन्त्री बालेनको 'पुत्ला दहन'

माइतीघर मण्डलमा प्रधानमन्त्री बालेनको 'पुत्ला दहन'

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' को पुत्ला दहन गरिएको छ। 

शुक्रबार माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री बालेनको पुत्ला दहन गरेका हुन्। 

संगठनले गणेश नेपालीलाई न्याय माग्दै प्रदर्शन गर्नै क्रममा झडपको अवस्था समेत सिर्जना भएको थियो।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शुक्रबार उनको निधन भएपछि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक तातेको छ ।

विद्यार्थी संगठनले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरेको छ।

साथै प्रदर्शनकारीले सुकुमवासीमाथि अमानवीय हर्कत बन्द गर, तुरुन्त गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर लगायतका प्लेकार्ड बोकेरसरकारविरोधी नारा लगाइरहेका छन्।

यसअघि युवाहरूले पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनमा युवाहरूले  ‘हत्यारा सरकार मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो रु’, ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्ने पम्पप्लेट बोकेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077