Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

आइतवार , चैत्र १, २०८२

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवा रक्षा बमसहितको समूहले माइतीघरमा प्रदर्शन गरेको हो।

 

bb.jpg

आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो।

प्रदर्शनमा सहभागीले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग गर्दै नवयुवाले बगाएको रगतको अवमूल्यन नगर्न सरकारसँग आग्रह पनि गरेका छन्। प्रदर्शनकारीले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका छन्।

aa.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077