काठमाडौं। आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको न्यायको माग गर्दै जनपक्षिय ट्रेड युनियन महासंघले माईतीघरमा सरकार विरुद्ध प्रर्दशन गरेको छ ।
महासंघले शनिबार गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ? भन्ने व्यानरसहित आन्दोलनमा सहभागीहरुले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् ।
प्रदर्शनकारीहरुले युवाहरुलाई आत्मदाह गर्ने बाध्यता होईन, रोजगार देउ !, बालेन, रवि, स्वर्णिम बराबर ओली, देउवा, प्रचण्ड, गणेश नेपालीको हत्यारा सरकार- मुर्दावाद, युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो ?श्री ३ बालेन, रवि, स्वर्णिम सरकारले लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। यससँगै गणेशको परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शुक्रबार उनको निधन भएको थियो।