Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

बझाङमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बझाङमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

शनिवार , आषाढ २७, २०८३

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै यात्रु घाइते भएको आशंका गरिएको छ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराका अनुसार दुर्घटना निकै गम्भीर प्रकृतिको रहेको छ। घटनास्थल दुर्गम क्षेत्रमा परेकाले मृतक तथा घाइतेको आधिकारिक विवरण आउन बाँकी रहेको उनले बताए। उनका अनुसार जिप सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए। दुर्गम भूगोलका कारण विस्तृत विवरण संकलन गर्न समय लागिरहेको उनले बताए।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त जिपमा १५ देखि १६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। तर यात्रुको यकिन संख्या, घाइते र मृतकको आधिकारिक विवरण भने अझै पुष्टि हुन सकेको छैन। उद्वारका लागि हेलिकप्टर पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077