Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दैलेखमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

दैलेखमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमवार , जेठ १८, २०८३

दैलेख। दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको भैरवी गाउँपालिका–७ कालीगौडास्थित दिउँसो करिब १ बजेतिर भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो ।

ब्रेक फेल भई दुर्घटनामा परेको बोलेरो सडकबाट करिब ४०० मिटर तल खसेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेका कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, सोही गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय मित्र सुनार र वडा नं. ६ की ६० वर्षीया पुल्तिसरा विक रहेका छन्।

दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइते हुनेहरूमा कालिकोट शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कलम सुनार, सुमत विक र नैन सुनार रहेका छन्। 

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार लागि भइरहेको छ भने बाँकी सुमत र नैनको अवस्था जटिल रहेकाले दुई जनालाई थप उपचारका प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077