बझाङ । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी रहेका छन्।
त्यसैगरी, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरु जाग्री सामान्य घाइते भएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।