काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट पक्राउ परेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्का सहित जेनजीका प्रतिनिधिहरू रिहा भएका छन् ।
पक्राउ परेका खड्कासँगै जेनजी प्रतिनिधिहरू माजिद अन्सारी, सरिष्मा थापा लगायतलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको हो ।
उनीहरूलाई शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा प्रहरीको काममा अवरोध गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो।
होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँको अवस्था बुझ्न पुगेका उनीहरूले त्यहाँ रहेका सुकुम्बासीलाई भक्तपुरतर्फ स्थानान्तरण गर्ने कार्यमा अवरोध गरेको आरोप प्रहरीले लगाएको थियो।
नियन्त्रणमा लिइएका सबै व्यक्तिलाई रिहा गरिएको पुष्टि गर्दै उनीहरू आफन्तको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।