Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित टोली पक्राउ

होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित टोली पक्राउ

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका नेपाल जेनजी मुभमेन्टका अभियन्ता माजिद अन्सारीसहित उनको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार डुबानको जोखिममा परेका सुकुम्बासीहरूको अवस्थाबारे जानकारी लिन होल्डिङ सेन्टर पुगेका अन्सारी, सरिश्मा थापासहितका टोलीलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनीहरूलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका सबैलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको बताइएको छ। प्रहरीले पक्राउको कारणबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

घटनाप्रति नेपाल जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077