काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति गगन थापा बर्न अस्पताल पुगेका छन् ।
सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक छ।
थापाले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै विवेक मण्डलका परिवारजनसँग भेटेर उनीहरूलाई धैर्य रहन आग्रह गरेका छन् ।