काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको अवस्था अत्यन्त गम्भीर रहेको छ ।
शरीरको करिब ८५ प्रतिशत भाग गहिरो रूपमा जलेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
मण्डललाई शुक्रबार साँझ करिब ७ः३० बजे हेलिकप्टरमार्फत काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ।
उनले भने, 'बिरामीको अवस्था निकै गम्भीर छ। शरीरको करिब ८५ प्रतिशत भाग गहिरो रूपमा जलेको छ र आईसीयूमा उपचार भइरहेको छ।'
प्रारम्भिक जानकारीअनुसार विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।