Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध प्रमाणसहित उजुरी आह्वान गरेको छ ।

समितिले सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त नभएको ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध नेपाली वा अङ्ग्रेजी भाषामा प्रमाणसहित उजुरी दर्ता गर्न सकिनेछ ।

समितिका अनुसार उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, सम्पर्क नम्बर तथा जिल्ला स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, उजुरीसँग सम्बन्धित आधार र प्रमाण पुष्टि गर्ने कागजातहरूको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुनै दस्तुर नलाग्ने गरी पठाउन सकिने समितिले जनाएको छ।

समितिले यो सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077