काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्दै आएका एक व्यक्तिले आफ्नै कोठाभित्र आत्मदाहको प्रयास गरेका छन्।
काठमाडौं प्रहरी परिसरका अनुसार बिहान करिब ६ः२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका हुन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेर राउतको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको एसपी भट्टराईले बताए।
राउतलाई प्रहरी उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको प्रवक्ता भट्टराईले बताए ।
घरायसी विवादका कारण उनले शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।