Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया छिटो सक्न रास्वपाको माग, विपक्षी दलले मागे समय

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया छिटो सक्न रास्वपाको माग, विपक्षी दलले मागे समय

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ ढङगले चाडो अगाडि बढाउन माग गरेका छन् ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा। लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन माग गरेका गरेका हुन् ।

बैठकमा बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले कार्यतालिकाअनुसार उजुरीकर्तासँगको छलफल र प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कामलाई तीव्रता दिनुपर्ने बताए । 

उनले भने- 'हामी सबैको समय व्यस्त छ, त्यसैले समयको सदुपयोग गर्दै आजै उजुरीकर्ताहरूसँगको छलफल र कार्ययोजना सुन्ने काम अगाडि बढाऔँ ।'

यसैगरी सांसद डा. लेखजंग थापाले प्रस्तावित पदाधिकारीहरूको कार्ययोजना कागजमा मात्रै सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।न्यायिक क्षेत्रमा गतिशीलता र संयमताबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै थापाले युवा पुस्तामा छिटो काम गर्ने चाहना भए पनि निर्णय प्रक्रियामा परिपक्वता र सन्तुलन जरुरी हुने बताए । उनले संसदीय सुनुवाइ समितिलाई दलीय घेराभन्दा माथि उठेर वस्तुनिष्ठ निर्णय लिन आग्रह गरे ।

यस्तै सांसद राजीव खत्रीले पनि संसदीय सुनुवाइ समितिको कामलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले उजुरीकर्तासँगको संवाद र उजुरी अध्ययनलाई सँगसँगै लैजान सके काम छिटो र प्रभावकारी हुने बताए ।

यता विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका छन् ।

नेकपा एमालेका राष्ट्रिय सभासद् तथा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न आग्रह गरेका छन् ।

उनले उजुरी र कार्ययोजनामाथि पर्याप्त अध्ययनका लागि समितिका सदस्यलाई समय दिनुपर्ने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077