Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको छ । 

सोमबार बसेको संसदीय सुनवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका थिए ।

त्यसबारे यसअघि आज बिहान बसेको समितिको बैठकले  डा. शर्माउपर परेका उजुरी अध्ययन गरेको थियो । उजुरी अध्ययनपछि समितिको बैठकमा सांसदहरूले प्रश्न राखेका थिए भने शर्माले प्रश्नको जवाफ दिएका थिए ।

सवाल जवफ सकिए लगत्तै प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई संवैधानिक परिषद्को सिफारिसमा सुनुवाइ समितिले अनुमोदन गरेको हो। 

अब संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077