Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानन्यायाधीश डा. शर्माद्धारा उच्च अदालतको आकस्मिक निरीक्षण

प्रधानन्यायाधीश डा. शर्माद्धारा उच्च अदालतको आकस्मिक निरीक्षण

बुधवार , जेठ २७, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालत पाटनको आकस्मिक निरीक्षण गर्दै न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन निर्देशन दिएका छन् ।

मंगलबार अपराह्न मुख्य रजिष्ट्रार विमल पौडेल र सह–रजिष्ट्रार अमित उप्रेतीसहित उच्च अदालत पाटन पुगेका प्रधानन्यायाधीश शर्माले अदालतका विभिन्न फाँटहरूको अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले कर्मचारी तथा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै अदालतको सेवा प्रवाह, कार्यसम्पादन र देखिएका समस्याबारे जानकारी लिएका थिए।

अदालतका गतिविधिबारे प्रत्यक्ष जानकारी लिएपछि प्रधानन्यायाधीश शर्माले न्याय सम्पादनलाई छिटो, सहज र विश्वसनीय बनाउन विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले सेवाग्राहीले अनुभूति गर्ने न्यायिक सेवाको गुणस्तर सुधार गर्न अदालत प्रशासनलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

निरीक्षणपछि उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसहित न्यायाधीशहरूसँग भएको संक्षिप्त छलफलमा पनि उनले न्यायिक प्रक्रियामा पारदर्शिता, स्वच्छता र जवाफदेहितालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077