Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीश शर्माको जवाफ– योग्यता र क्षमताले यहाँसम्म आएँ

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीश शर्माको जवाफ– योग्यता र क्षमताले यहाँसम्म आएँ

'वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन'

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । डा. मनोजकुमार शर्माले आफू योग्यता र क्षमताका आधारमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएको बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा समेत रहेका शर्मालाई नेपोबेबी भन्दै प्रश्न ? उठाइएको थियो । तर आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा शर्माले आफू योग्यता पुर्‍याएर नै प्रधानन्यायाधीशका लागि सिफारिस भएको बताएका हुन्। 

'नेपोबेबी भन्ने विषयलाई कसरी लिने मलाई थाहा छैन । योग्यता र क्षमताले एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएको हुँ । पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,' उनले भने ।

उनले प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठताको मापदण्ड त्यति बलियो नहुने र संवैधानिक परिषद्ले आफूलाई प्रधानन्यायाधीशमा गरेको सिफारिस कानुनसम्मत रहेको समेत बताए ।

'प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिइकन नियुक्तिको रूपमा लिनुपर्छ । यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन । संवैधानिक परिषदबाट प्रक्रिया पूरा गरेर निर्णय भएकोमा मैले बढी केही बोलिरहनुपर्छ जस्तो लागेको छैन,' उनले थप भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077