Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रस्तावित प्रधानन्यायधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायधीश शर्माको संसदीय सुनुवाइ आजै

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ । 

संवैधानिक परिषद्को कार्यालयले पत्र काटेर डा. शर्मालाई आज दिउँसो साढे १ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरेको छ । 

संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसपछि संसदीय सुनुवाइ समितिले वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका छन् ।

यसअघि आज बिहान समितिको बैठक बसेको थियो । बैठकमा डा शर्माउपर परेका उजुरी अध्ययन गर्न दिइएको थियो । विपक्षी दलहरुले सुनुवाइका लागि हतार नगर्न माग गरेको थियो भने सत्ताले आजै गर्नुपर्ने अडान राखेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077