Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

शनिवार , आषाढ २७, २०८३

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अविरल वर्षापछि गगनेखोलामा ठूलो पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन बिहान ३ बजेदेखि नै डोजरसहित सफाइ कार्य भइरहेको छ । 

यसका लागि सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयसमेत भइरहेको सडक डिभिजनले जनाएको छ ।

सडक खुलाउने प्रयास जारी रहे पनि कहिलेसम्म सञ्चालनमा आउने भन्ने यकिन भइसकेको छैन ।

त्यसैले सडक डिभिजनले सर्वसाधारणलाई वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

साथै सकेसम्म रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077