Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

काठमाडौं । पोखरा-बाग्लुङ सडकखण्डमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

पर्वतको मोदी गाउँपालिका–६ महभीरमा गएको पहिरोको कारण सोमबार रातीदेखि सडक अवरुद्ध बनेको हो ।

भीरबाट ठूला–ठूला ढुङ्गासहित खसेको पहिरोले पन्छाउन बिहानैदेखि डोजर परिचालन गरिएको पर्वत प्रहरीले जनाएको छ ।

पोखरातर्फबाट गएका सवारी साधन नयाँपुलमा रोकिएका छन् भने बाग्लुङतर्फबाट आएका सवारी साधन डिमुवामा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077