Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

सुकुम्वासीको बिचल्लीमाथि शंकर पोखरेलको चिन्ता, भने- गणेश नेपालीको जस्तो दुःखद घटना फेरि नहोस्

सुकुम्वासीको बिचल्लीमाथि शंकर पोखरेलको चिन्ता, भने- गणेश नेपालीको जस्तो दुःखद घटना फेरि नहोस्

सुकुमवासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले होल्डिङ सेन्टरमा सुकुवासीहरूको बिचल्ली भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले होल्डिङ सेन्टर डुबानमा पर्दा सुकुवासीहरूको बिचल्ली भएको उल्लेख गर्दै गणेश नेपालीको जस्तै फेरि अर्को अप्रिय घटना नहोस् भनी सरकारलाई सचेत गराएका हुन्। 

'एकातिर उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनु, अनि त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनुले अमानवीयताको हद पार गरेको छ। त्यसमाथि सरकारले सुरक्षित राखेको भनेका होल्डिङ सेल्टर नै डुबानमा परेका समाचार आइरहेका छन्,' सुकुम्वासीका पीडालाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै उनले भनेका छन् ।

सुरक्षित गर्ने नाममा सरकारद्वारा घरबारविहीन बनाइएका सुकुम्वासीहरूका पीडा अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील भएको बताका छन् ।

'असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुमवासीहरूलाई हटाउनुपूर्व उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व थियो, बस्तीबाट उनीहरूलाई हटाउँदा प्रधानमन्त्रीबाट आकर्षक बचनबद्धता पनि सार्वजनिक भएकै हो। तर व्यवहारमा त्यस्तो केही भएको देखिएन। सुकुमवासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो,' उनले थप लेखेका छन् ।

असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुम्वासीहरूलाई हटाउनु पूर्व उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएपनि सरकार चुकेको आरोप लगाए। सरकारले सुकुम्वासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानेको टिप्पणी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077