Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रास्वपा अझै पार्टी बन्न बाँकी छ, रास्वपा भनेकै रवि : शंकर पोखरेल

रास्वपा अझै पार्टी बन्न बाँकी छ, रास्वपा भनेकै रवि : शंकर पोखरेल

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन परिणामलाई लिएर टिप्पणी गरेका छन् ।

उनले महाधिवेशनको नतिजाले रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न नसकेको दाबी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ अभियान सम्झाउँदै महाधिवेशनको परिणाममाथि व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘हिजो ‘नो भोट’ को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयो ? ‘नो भोट’ को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन्।’

पोखरेलले उक्त नतिजाले रास्वपा व्यक्तिकेन्द्रित दल भएको पुष्टि गरेको दाबी गरेका छन्। उनका अनुसार महाधिवेशनले पार्टीभित्र संगठनभन्दा व्यक्तिको प्रभाव बढी रहेको देखाएको छ।

‘यसले प्रमाणित गर्छ— रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन्। रास्वपा संगठनात्मक रूपमा पार्टी बन्न त बाँकी नै रहेछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077