Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शंकर पोखरेल भन्छन्- सरकार मानवीय जिम्मेवारी र दिगो समाधानतर्फ गम्भीर छैन

शंकर पोखरेल भन्छन्- सरकार मानवीय जिम्मेवारी र दिगो समाधानतर्फ गम्भीर छैन

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारसँग विस्थापित सुकुमबासीका लागि ‘ज्ञ (ज्ञान) क्रान्ति’ को स्पष्ट खाका सार्वजनिक गर्न माग गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाहको वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ भन्ने अभिव्यक्तिलाई उद्धृत गर्दै यस्तो भनेका हुन् ।            

सुकुम्वासी बस्तीमा डोजर चलाएका सरकारले मानवता, मानवीय जिम्मेवारी र दिगो समाधानतर्फ गम्भीर जिम्मेवार नभएको आरोप लगाए।

'वास्तविक क्रान्ति ज्ञ (ज्ञान)बाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको यो सङ्कटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्वासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?,' उनले भनेका छन् ।

‘आजको संकटमा कस्तो क्रान्तिकारी कदम चालिँदैछ ?’ भन्दै उनले सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

पोखरेलले २०७५ सालमा बारा-पर्सा क्षेत्रमा आएको भीषण आँधीपछिको पुनर्स्थापनाको उदाहरण दिँदै तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावितलाई राहत दिएको स्मरण गरेका छन् ।

उक्त विपत्तिमा २८ भन्दा बढीको मृत्यु, ११५० भन्दा बढी घाइते र करिब २५ सय घरमा क्षति पुगेको तथ्यांक पनि उनले प्रस्तुत गरेका छन् ।

उनले थपेका छन्, ‘सरकारले आफैँ सुकुम्वासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरवारविहीन बनाएको छ। बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय सङ्कट निम्तिने निश्चित छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077