Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज जनकपुर जाँदै प्रचण्ड, नयाँ गठबन्धनबारे मधेश नेतासँग ब्रिफिङ गर्ने

आज जनकपुर जाँदै प्रचण्ड, नयाँ गठबन्धनबारे मधेश नेतासँग ब्रिफिङ गर्ने

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन्।

पार्टी सचिवालयका अनुसार उनी दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ।

जनकपुर पुगेपछि प्रचण्ड महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथि कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि उनी जनकपुरधाम फर्केर मधेश प्रदेशका पार्टी नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछन्। छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्न लागेको नयाँ तीनदलीय गठबन्धन, त्यसको मधेशको राजनीतिमा पर्ने प्रभाव तथा पार्टीको आगामी रणनीतिबारे समीक्षा हुने जनाइएको छ।

केन्द्रको बदलिँदो राजनीतिक समीकरणअनुसार पार्टी संगठनलाई थप एकीकृत, सक्रिय र प्रभावकारी बनाउने विषय पनि छलफलको प्रमुख एजेन्डा रहने पार्टी स्रोतले जनाएको छ।

यस्तै प्रचण्डले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। 

उक्त कार्यक्रममा प्रदेश कमिटी, जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077