Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर बालेनले हटाइदिए

अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर बालेनले हटाइदिए

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरिएको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले आम नागरिकको सुझाव, असन्तुष्टि र थप आर्थिक भारलाई मध्यनजर गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त कर तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

'निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,' उनले लेखेका छन् ।

सरकारले दुर्गम तथा पछाडि परेका नागरिकलाई शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘समता कर’को अवधारणा अघि सारेको भए पनि यसले आम नागरिकमाथि थप आर्थिक भार पर्ने भन्दै व्यापक आलोचना भएको थियो। सोही प्रतिक्रियालाई ध्यानमा राख्दै सरकारले तत्कालका लागि कर लागू नगर्ने निर्णय गरेको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले जनताको विश्वास र अपेक्षाबाट बनेको सरकारले नागरिकको भावना र सुझावलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै कुनै पनि निर्णयप्रति व्यापक असन्तुष्टि देखिए त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहने बताएका छन्।

साथै, निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट विपन्न तथा आवश्यकतामा रहेका नागरिकका लागि पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति भने कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

'विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०५ बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०५ सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,' उनले थप लेखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077