Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग आज प्रधानमन्त्री बालेनको छलफल

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग आज प्रधानमन्त्री बालेनको छलफल

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल सहभागी हुनेछन्।

यस्तै, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रका चुनौती, नीतिगत सुधारका सम्भावना र समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने जनाइएको छ।

यसअघि प्रधानमन्त्री बालेनले नेपाल जुत्ता उत्पादक संघ, महिला उद्यमी महासंघसँग  उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री शाहले होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी पनि छलफल गरेका थिए । 

उद्यमशीलता, नीतिगत सुधार, विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान र सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रसँगको निरन्तर संवादलाई तीव्रता दिएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077