Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघसँग छलफल गर्दै

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

छलफलमा स्वदेशी जुत्ता–चप्पल उद्योगको उत्पादन, बजार विस्तार, आयात प्रतिस्थापन, उद्योगीले भोगिरहेका समस्या तथा नीतिगत सुधारका विषयमा विस्तृत रूपमा विचार–विमर्श हुने जनाइएको छ।

बैठकमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणा सहभागी हुनेछन्।

सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन र उद्योग क्षेत्रका समस्या समाधानका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग नियमित छलफल गर्दै आएको छ।

यसअघि बिहीबार प्रधानमन्त्री बालेनले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग महिला उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री शाहले होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी पनि छलफल गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077