Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

महन्थ ठाकुर भन्छन् - प्रधानमन्त्री बालेन 'नेपाली हिटलर' भइसकेँ

महन्थ ठाकुर भन्छन् - प्रधानमन्त्री बालेन 'नेपाली हिटलर' भइसकेँ

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । राष्ट्रिय सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र संस्थागत व्यवस्थालाई कमजोर बनाउँदै गएको आरोप लगाए।

'नेपाली हिटलर भइसकेको छ। उसले जे बोल्छ, त्यही ठीक। जे गर्छ, त्यही कानुन हो,' ठाकुरले संसद्मा भने ।

उनले सरकारले संसद् र जनतासामु गरेका प्रतिबद्धतामध्ये हालसम्म एउटा पनि पूरा गर्न नसकेको दाबी गरे।

ठाकुरले ट्रेड युनियन प्रणाली खारेज गरिएको तर त्यसको विकल्पमा कुनै प्रभावकारी व्यवस्था नल्याइएको भन्दै सरकारको आलोचना गरे। उनका अनुसार संगठित संस्थाहरूमाथि निरन्तर हस्तक्षेप भइरहेको छ।

'ट्रेड युनियनलाई खारेज गरियो। त्यसको ठाउँमा अर्को व्यवस्था छैन। प्रत्येक संगठित संस्थामाथि आक्रमण गरेर के गर्न खोजिएको हो ?' उनले प्रश्न गरे।

सांसद ठाकुरले वर्तमान नीतिका कारण व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको र राजनीतिक दलका नेताहरू समेत असुरक्षित महसुस गर्न थालेको दाबी गरे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077