Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

डेढ महिनापछि एक्कासि सदन छिरे प्रधानमन्त्री शाह, ऐन महरको नियमापत्ति

डेढ महिनापछि एक्कासि सदन छिरे प्रधानमन्त्री शाह, ऐन महरको नियमापत्ति

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) डेढ महिनापछि संसद्मा उपस्थित भएका छन्। 

प्रधानमन्त्री शाह मंगलबार प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन्। उनी दिउँसो पौने २ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्। मंगलबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु भएको हो। 

उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। 

त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएर त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्। 

ravi.jpg

तर, प्रधानमन्त्री शाह त्यसपछि संसद्मा आएका थिएनन्। उनी मंगलबारको प्रतिनिधि सभाको बैठकमा आएका हुन्। 

डेढ महिनापछि प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएपछि विपक्षी दलले उठाउँदै आएको स्पष्टिकरणको माग फेरि चर्चामा आएको छ। प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकमा सहभागी भएका छन् ।

यसैलाई लिएर नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बोलिरहेका सांसदको बीचबाट हिँडेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा बालेन प्रवेश गरेका थिए । उनले नियमापत्ति गर्दै सभामुखसँग रुलिङ गर्न माग पनि गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077