Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको होइन : सांसद ओली

महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको होइन : सांसद ओली

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले वर्तमान सरकार कुनै व्यक्तिको राजनीतिक भविष्य निर्माण गर्न नभई जनताको सेवा र समस्याको समाधान गर्न गठन भएको बताएकी छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ओलीले सरकार कुनै व्यक्तिलाई काठमाडौं महानगरबाट सिंहदरबार वा नख्खुबाट कुनै पार्टीको सभापति बनाउने उद्देश्यले गठन नभएको स्पष्ट पारिन् । उनले सरकार जनताको अपेक्षा र आवश्यकताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

ओलीले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूप्रति सरकार अझ बढी संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइन्।

आन्दोलनका घाइतेहरू आफ्ना समस्या लिएर सिंहदरबार पुग्दा समाधान खोज्नुको सट्टा ‘रास्वपाको सदस्य लिने हो कि होइन ?’ भन्ने प्रश्न सोधिएको भन्दै संघर्ष समितिको भनाइ उद्धृत गरिन्। यस्तो व्यवहार लोकतान्त्रिक मूल्य, मान्यता र पीडितप्रतिको सम्मानविपरीत भएको उनको टिप्पणी थियो।

प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइतेहरूलाई एकपटक भेटेर उनीहरूको पीडा सुन्न आग्रह गरिन्। उनले सरकारले पीडितको आवाज सुनेर व्यवहारिक समाधान दिनुपर्ने धारणा व्यक्त गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077