Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रोष्टममा उभिएर खुश्बु ओलीले भनिन्–मलाई निकै दुख लागेको छ

रोष्टममा उभिएर खुश्बु ओलीले भनिन्–मलाई निकै दुख लागेको छ

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राप्रपाकी सांसद खुस्बु ओलीले उपसभामुखमा भएको सहमति सत्तारुढ दल रास्वपाले लत्त्याएको दाबी गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले अविश्वास पैदा गरेको बताइन्।  उनले आज आफूहरूले पदको नभई आचारमा प्रश्न उठाएको बताइन्। उनले नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्–‘हामीले हिजो दिएको उम्मेदवारी कुनै पद प्रतिको तृष्णा थिएन। यो यसैपनि प्रतिपक्षको अधिकार नै थियो र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी पछि नयाँ ऊर्जा र प्रतिपक्षमै रहेर भएपनि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अगाडि बढेको हो। यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन। यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ।’

सहकार्यको आधार विश्वास भएपनि रास्वपाले अविश्वासको वातावरण बनाएको उनको भनार्ई थियो । उनले भनिन्–‘यहाँ त अविश्वासलाई नै नयाँ राजनीतिक संस्कार र नयाँ पोलिटिकल करेन्सीमा परिणत गरियो, संस्थागत गरियो। त्यसैले मेरो सिधा प्रश्न छ– राजनीतिक प्रतिबद्धता अब परिस्थिति अनुसार बदलिने अप्सन मात्र हो कि त्यसमा कुनै नैतिक राजनीतिक दायित्व पनि बाँकी छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी बोलीको पक्का रहँदै आएको जिकिर गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धता माथि विश्वास गरिहाल्न नसक्ने नजिर स्थापित गरेको सुनाइन्।

उनले भनिन्–‘मलाई निकै दुख लागेको छ। आजको प्रश्न पदको होइन राजनीतिक आचरणको हो। उहाँहरूको यस किसिमको अविश्वसनीय शैलीले रास्वपाको पार्टीको पनि विश्वसनीयतालाई समेत अनावश्यक रूपमा असर पुर्‍याउने काम भएको छ। यसलाई राप्रपाले भुली दिनेछ, माफ गरिदिनेछ सम्माननीय सभामुख महोदय। तर यस्तो राजनीतिक संस्कार यो सदनमा कहिल्यै पनि नदोहोरियोस्।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077